साहित्यकार भण्डारी सम्मानित

विराटनगर । विराटनगरस्थित खोटाङ सामाजिक सेवा मञ्चले अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा विगत साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा, साहित्यका क्षेत्रका कलम चलाउँदै आएकी भण्डारीलाई मञ्चले सम्मान गरेको हो ।

कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपाने, भूषण ढुंगेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा विभिन्न रचना वाचनसमेत भएको थियो ।

इटहरी निवासी टिका आत्रेय तथा इनरुवा निवासी कृपाकरुणा पोखरेल दुई जना कविहरुले कविता वाचन गरेका थिए । यस्तै, बाबुराम पोखरेल, यल.पि. पराजुली, केसु विरही, नवराज नवशिला, उमेश लुइटेल, प्रयाग न्यौपाने, शम्भुप्रसाद भट्टराई, लक्ष्मी स्मृति, शान्ता पैडेल, जयन्त प्रधानाङ्ग, भरत वर्वरिक, मञ्जु घिमिरे दाहाल, सुजाता राई, स्वयम्भुनाथ कार्की लगायत चार दर्जन साहित्यकारहरुले आ–आफ्ना रचना वाचन गरेका थिए ।

खोटाङ सामाजिक सेवा मञ्चले गतविगतदेखि नै अग्रज साहित्यकारहरुलाई सम्मान गर्दै आएको छ

आइतबार, ०२ चैत, २०८१, साँझको ०६:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर