विराटनगर । शेयर बजारमा आइतबार पनि गिरावट आएको छ ।

नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ ।

३१ कम्पनीको शेयर मूल्य बढ्दा २०७ वटामा गिरावट आएको छ । ६ कम्पनीमा कुनै परिवर्तन भएन ।

आइतबार सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ ।​

समूहगत रूपमा ट्रेडिङबाहेक सबै समूह घटेको छ । गिरावटमा सबैभन्दा बढी योगदान विकास बैंक .२.२५ प्रतिशत)ले गरेको छ ।