कोशी प्रदेशमा दुर्व्यसनीविरुद्धको अभियान सुरु

विराटनगर । कोशी प्रदेशमा अबको युद्ध दुर्व्यसनविरुद्ध भन्ने अभियान सुरु गरिएको छ। कोशी प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयले अभियान सुरु गरेको हो। कोशी प्रदेशभित्र दुर्व्यसनको अवस्था भयावह हुन थालेपछि यो अभियान सुरु गरिएको हो।

कोशी प्रदेश सरकारले दुर्व्यसन नियन्त्रणलाई प्राथमिकता राखी अभियानलाई अगाडि बढाउन प्रदेश प्रहरी कार्यालयसँग सहकार्य गरेको हो। एक कार्यक्रमका विच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अभियानको आज शुभारम्भ गरेका छन् । । सुनसरीको इटहरीमा आयोजित एक समारोह बीच यो अभियान शुभारम्भ गरिएको हो। अभियानको सुरुवात गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले साझेदारी र सहकार्यका माध्यमबाट दुर्व्यसनविरुद्धको अभियान सञ्चालन गरिएको बताए । यस्ता अभियानहरू सरकार एक्लैले मात्रै गरेर सफल नहुने उनले बताए ।

उनले अभिभावक, शिक्षक, सामाजिक अभियन्ता, सरकार जनप्रतिनिधिहरुको सहकार्य र एकताबाट नै यो समस्या समाधान हुने बताए । दुर्व्यसनीको अवस्थाको भयावह हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार कानुनी र आर्थिक प्रबन्ध गरेर यसका काम अगाडि बढाउन लागि परेको बताए । ।

बुधबार, २८ फागुन, २०८१, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर