विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘गल्र्स अन ह्विल’ प्रतियोगितामा प्रतिक्षा अधिकारी र सावित्री ढकाल विजेता भएका छन् ।
विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न भएको प्रतियोगिताको फस्ट रनरअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेण्ड रनरअप रिंकी धनावत र स्वेता तोदी घोषित भएका छन् ।
प्रतियोगिताको विजेताले नगद ६० हजारलगायतका विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए भने फस्ट रनरअप र सेकेण्ड रनरअपले क्रमश ४० हजार र २५ हजार रुपैयाँ नगदसहित गिफ्ट ह्याम्पर पाएका थिए ।
प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ६० वटा स्कुटरको सहभागिता रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागिले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए ।
‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । सो स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलग–अलग संकेत र टास्कहरु रहेको थियो ।
वजेता हुने प्रतियोगिहरुलाई नोवेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए । समापनको अवसरमा मनोञ्जनत्मक कार्यक्रहरु रहेको थियो ।