बिमाको भुक्तानी नपाउँदा समस्या

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा अस्पतालमा समस्या भएको छ ।

स्वास्थ्य बिमा बोर्डले झन्डै ८ महिनादेखि औषधीको बक्यौता संखुवासभा अस्पताललाई भुक्तानी नगर्दा यस्तो समस्या भएको छ ।
अस्पतालले गत साउन महिनादेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचार बापतको रकम भुक्तानी पाएको छैन । विमा सेवा वापतको रकम नपाएपछि जिल्ला अस्पताललाई सेवा प्रवाहमा समस्या भएको हो । स्वास्थ्य बिमा बोर्डले २ करोड ७१ लाख रुपैयाँ बढी रकम भुक्तानी नहुदाँ सेवा प्रवाहमा समस्या भएको संखुवासभा अस्पतालले जनाएको छ ।

गत साउन महिनादेखि २ करोड ४२ लाख रुपैयाँ बढी रकम बिमा रकमको भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको संखुवासभा अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताए । अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार बिमा रकमको भुक्तानी नहुदाँ औषधी खरिद, कर्मचारीलाई समयमा तलव खुवाउन र कार्यालय सञ्चालनमा समस्या भएको छ ।

साउनयता मात्र २ करोड ४१ लाख ९० हजार रुपैयाँ बढी भुक्तानी नपाएको सूचना अधिकारी खत्रीले बताए । त्यस्तैगरी आर्थिक २०८०÷८१ को २८ लाख ७९ हजार रुपैयाँ बिमा बोर्डले भुक्तानी दिएको छैन । कम स्रोत भएको अस्पतालमा यत्तिका ठूलो रकम प्राप्त नहुँदा अस्पताल सञ्चालनमा समस्या भएको हो ।

आइतबार, २५ फागुन, २०८१, दिउँसोको ०४:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर