लोड हुँदैछ...

मेनु

ताप्लेजुङमा १५ जना पक्राउ

ताप्लेजुङमा १५ जना पक्राउ

विराटनगर । ताप्लेजुङमा प्रहरीले १५ जना नो केबलकार पक्षधरलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।

प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले १५ जना प्रदर्शनकारी पक्राउ गरिएको बताए ।

उनले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरूको बारेमा अनुसन्धान भइरहेको उनले बताए ।
नो केबलकार पक्षले भने १५ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।