विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् ।
जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका बस्नेत एमाले र सुवेदी काँग्रेस निकट रहेका छन् । सुवेदी प्याब्सन मोरङका निर्वतमान उपाध्यक्ष हुन् भने बस्नेत सचिब रहेका थिए ।
अध्यक्षका उम्मेदवार बस्नेतलाइ प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीलगायतका एमाले निकट शिक्षकहरुको साथ रहेको छ भने सुवेदीलाई काँग्रेस निकट शिक्षकहरुको सहयोग छ ।

सोमबार भएको मनोनय दर्तामा सुवेदीको समूहबाट वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी, उपाध्यक्षमा भुपाल बस्नेत, सचिबमा देवि सिटौला, कोषाध्यक्षमा नगेन्द्र प्रसाद ढकाल (बिकेक), सहसचिबमा दिपेन्द्र राई , सहकोषाध्यक्षमा केदार पौडेल रहेका छन् ।
त्यसैगरी बस्नेतको समूहबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्र कडेल, उपाध्यक्षमा विष्णु डंगोल, सचिबमा विकर्ण कार्की, कोषाध्यक्षमा मनीराज भट्टराई, सहसचिबमा मनोज रेग्मी र सह कोषाध्यक्षमा जितेन्द्र कुमार दासले उम्मेदवारी दिएका छन् ।

भुगोल सदस्यमा हिरा बहादुर मगर र अमिस रेग्मीले उम्मेदवारी दिएका छन् । त्यसैगरी भुगोलतर्फको सदस्यहरुमा जिवन खनाल, नेत्र प्रसाद गड्तौला, खड्ग बहादुर श्रेष्ठ, हेमराज भण्डारी, गोपाल प्रसाद पाठक, तिलक राई, प्रकाश भट्टराईको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरुमा महेन्द्र मण्डल, नन्दलाल मण्डल, दिपक प्रसाद घिमिरे, तेज बहादुर खत्रि, राजन लम्साल, रुद थापा, इन्द्र कुमार राई, मात्रिका प्रसाद खतिवडा, कसराज राजवंशीको उम्मेदवारी परेको छ ।

महाधिवेशन प्रतिनिधीहरुमा दुर्गा प्रसाद घिमिरे, नवराज दवाडी, चण्डी प्रसाद रेग्मी, अजित कुमार भट्टराई, दिनेश पोखरेल, राम बहादुर महत, मोहन चन्द्र बस्नेत, सुवास पौडेल, गोविन्द बहादुर कार्की, कुल प्रसाद न्यौपाने, सुरेन्द्र लिम्बु, ढुण्डराज भट्टराई, नोवल किसोर खनाल, नन्द कुमार न्यौपाने, निरुप ढकालको उम्मेदवारी रहेको छ ।

बस्नेत समूहको उपाध्यक्ष विरुद्ध उजुरी

प्याब्सन मोरङको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उपेन्द्र कडेल विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । प्याब्सन निजी विद्यालयका संचालकहरु सदस्य आवद्ध रहन्छन् । कडेल मोरङको पथरीस्थित भुपु सैनक आवसीय विद्यालयमा आवद्ध रहेका छन् । उनी आवद्ध भएको विद्यालय गुढीद्धारा संचालित विद्यालय हो । तर, सो विद्यालयको गुढीको प्रमाणपत्र नभएको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो । गुढीद्धार संचालित विद्यालयको प्रमाणपत्र नभएकोले उनको उम्मेदवारी खारेजी हुनुपर्ने माग राख्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ । उजुरी उपर मंगलबार छलफल हुने बताइएको छ ।