भीम रावलको साधारण सदस्य खोसियो,विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

विराटनगर । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई भने साधरण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

उनीहरुले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै बुधबार बसेको सचिवालय बैठकले रावललाई साधरण सदस्यबाट हटाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

पार्टी कार्यालय बनाउन दान लिएको जग्गा बारे आलोचनात्मक धारणा राखेपछि उनिहरुलाई स्पष्टीकरण सोधिएको थियो ।

बिन्दा पाण्डे र उषाकिरण तिमिल्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोस्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

बुधबार, १० पुष, २०८१, साँझको ०६:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर