महेश बस्नेतलाई यौन शोषण आरोप लगाउँदै आएकी पाठक पक्राउ

काठमाडौं ।नेकपा(एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई यौन शोषण आरोप लगाउँदै आएकी शोभा पाठक पक्राउ परेकी छन् ।

साइबर अपराधको आरोपमा सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै उनलाई पक्राउ गरीएको हो । पक्राउ गरेर उनलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ। राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नुअघि शोभाले भने एमाले नेता तथा पूर्वमन्त्री बस्नेतले आफूविरूद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको बताएकी छिन्।

यसअघि गत जेठ २८ मा उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो।

त्यसबेला एमाले नेता बस्नेतविरूद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन्।

तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनको उजुरीमा प्रमाण नपुग्ने जिकिर गरेको थियो। त्यो निर्णयविरुद्ध पाठकले उच्च अदालतमा पाटनमा निवेदन दिएकी थिइन्।

सोमबार, ०१ पुष, २०८१, साँझको ०५:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर