तीन दिनको गिरावटपछि बढ्यो नेप्से परिसुचक

विराटनगर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । निरन्तर तीन कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक २७.४१ अंक बढेर २६४५.३६ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ३.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ५८ हजार ५५२ पटकको कारोबारमा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन जानकी फाइनान्स र दोल्ती पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन रिभर फल्स पावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । कारोबारमा आएको पिपुल्स हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.०२ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन ३३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन समृद्धि फाइनान्सको साढे २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको करिब २० करोडको शेयर किनबेच भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सोमबार, १२ कार्तिक, २०८१, दिउँसोको ०३:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर