बम राखिएको हल्लापछि सेनाको टोलीले विस्ताराको विमानका यात्रुका लगेज चेक गर्दै

काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरको विमानमा बमको हल्लापछि सेनाले सर्च गरेका छन् । विमानमा बम राखिएको हल्ला गरिएपछि सेनाले सर्च गरेको हो ।

४ बजेर २७ मिनेटमा ल्याण्ड भएको विमानमा बमको हल्लापछि बम डिस्पोजल टोलीसहित सर्च गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए ।

१५७ जना यात्रु झारेर खोजी भइरहेको केसीले बताए ।

अज्ञात नम्बरबाट त्रिभुवन विमानस्थलस्थित जहाजमा बम राखिएको हल्ला आएको थियो । पछिल्लो समय भारतीय विमानमा बम राखेको हल्लाले अन्तराष्ट्रिय उडानहरूसमेत प्रभावित भएका थिए ।

विमानमा बमको हल्लापछि विमानस्थलमा केहीबेर उडान प्रभावित भएको थियो ।

मङ्गलबार, ०६ कार्तिक, २०८१, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर