मोरङका एसपी कार्की आकस्मिक रुपमा हेडक्वार्टर तानिए

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालयले आकस्मिक रुपमा सरुवा गरेको छ ।

आर्थिक अनियमिततामा मुछिएको पाइएपछि कार्कीलाई प्रहरी हेडक्वार्टरले जिम्मेवारी खोसेको स्रोतले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले मोरङका एसपी कार्कीको प्रहरी हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको जानकारी दिए । मोरङको प्रहरी प्रमुखमा अपराध अनुसन्धान कार्यालयकै राजन लिम्बूलाई जिम्मेवारी दिइएको छ । प्रवक्ता कार्कीले सरुवाको कारणबारे भने जानकारी नभएको बताएका छन् ।

सामान्यतः प्रहरी अधिकृतहरुको एक वर्षे अबधि पुरा भएपछि मात्र नियमित सरुवा हुने गरेको छ । २०८० फागुन २ गते मोरङको एसपी भएर आएका कार्कीको भने ८ महिनामै सरुवा भएको हो ।

एसपी कार्कीले यसअघि प्रमुख जिल्ला अधिकारी र सशस्त्र एसपीसँग मिलेर तस्करीको लाइन चलाएको भन्दै उनीविरुद्ध प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी परेको थियो । उनीहरुले तस्करीको सामानमा छुट दिएवापत विभिन्न व्यापारी र तस्करी चलाउनेहरुसँग मासिक लाखौं रुपैयाँ लिने गरेको आरोप लागेको थियो । त्यसबारे छानविन भएपनि कुनै कार्वाही भएको थिएन ।

मोरङका सुरक्षा प्रमुखहरु फेरिएपछि तस्करीको सामान बरामदीमा कमी आएको थियो भने राजश्व पनि घटेको थियो ।

तस्करीमा सुरक्षा निकाय नै संलग्न : एकअर्काविरुद्ध उजुरी !

शुक्रबार, ०२ कार्तिक, २०८१, दिउँसोको १२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर