काठमाडौं । नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । एमाले मुख्यालय च्यासल, ललितपुरमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ खुवाएका हुन्।
गत बिहीबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा बराल, दुईजना स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठ र केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो।
मनोनित केन्द्रीय सदस्यहरूमा सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रीत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना लगायत छन्।
यस्तै गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगु पनि केन्द्रीय सदस्य मनोनयनमा परेका थिए।