विराटनगर । विराटनगर महानगरपालिका–८ ले सोमबार आयोजना गरेको निःशुल्क दन्त शिविरमा ५२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । कार्यक्रमको शुरुवात ९३ बर्षीय नगेन्द्र नेपालको दन्त परीक्षण गरी सुरु गरिएको थियो ।
जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा आयोजित निःशुल्क दन्त शिविरमा १६ जनाले दाँतको पूर्ण सेट लगाएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।
निःशुल्क दन्त परीक्षणको सेवा वडा कार्यालयले गरेकोमा दुर्गा पौडेलले खु्सी व्यक्त गरे । दन्त परीक्षणका लागि अस्पताल पुग्दा पहिले धेरै हैरानी व्यहोर्नु परेको उनले सुनाए । कार्यक्रममा वडासदस्यहरु पवित्रा विक, मो. अब्बास, भुवन राजवंशी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा सदस्यहरु यसअघि आयोजित शिविरमा १२९ जेष्ठ नागरिकको दाँत जाँच गरिएको थियो । दुई चरणमा सम्पन्न दन्त परीक्षणमा गरि १८१ जनाले सेवा पाएका छन् ।
६० बर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै दन्त शिविर संचालन गरिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । सबै ज्येष्ठ नागरिकको दन्त परीक्षण गरिने र आवश्यक पर्ने सबैलाई फुलसेट दाँतसहित निःशुल्क औषधी पनि वितरण गरिने वडाको योजना रहेको उनले बताए ।
वडा कार्यालयले ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण पनि गर्दै आएको छ ।