दस्तावेज मिलाएर अनुदान दुरुपयोग गर्ने अभ्यासले व्यवस्थाप्रतिनै निराशा पैदा गरायो : मुख्यमन्त्री

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भौतिक पूर्वाधारको विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा समस्या उत्पन्न भएको बताएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–६ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले प्रदेश सरकार फरक ढङ्गको विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् ।

मानवीय संवेदना र सामाजिक मूल्य मान्यतासहितको विकासमा निकै पछिपरेकाउनले बताए ।मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सुरु गरेको बालबालिकाको निःशुल्क उपचारसम्बन्धी कार्यक्रम प्रभावकारी बन्दै गएको समेत बताए।

‘हरेक पालिकामा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक विषयको पढाइमा अनुदान दिने कार्यक्रम अघि बढाएका छौँ, हात्ती प्रभावित क्षेत्रमा लगाइने कृषि बालीको बीमा गरेका छौँ, यसका लागि थप बजेट ल्याउने प्रदेश सरकारको तयारी छ’ उनले भने । कागजी दस्तावेज मिलाएर त्यसैका आधारमा सरकारको अनुदान दुरुपयोग गर्ने अभ्यासले समग्र व्यवस्थाप्रतिनै निराशा पैदा गराइरहेको उनकोे भनाइ छ । मुख्यमन्त्री कार्कीले भ्रष्टाचारमा सहयोग पुग्ने कार्यक्रमलाई प्रदेश सरकारले निस्तेज गर्ने स्पष्ट पारे ।

 

बिहिबार, २० बैशाख, २०८१, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर