तोलामा २७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २७ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार चाँदी प्रतितोला १६५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार, १९ बैशाख, २०८१, बिहानको ११:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page