बझाङमा एमालेका भण्डारीको रोमाञ्चक जित

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन्। भण्डारीले ११ हजार ६१२ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार ३४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनीहरूबीचको मतान्तर २६६ छ।

त्यहा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत पाएका छन्।

सोमबार, १७ बैशाख, २०८१, दिउँसोको ०४:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर