मत बढाउँदै डकेन्द्रसिंह थेगिम

विराटनगर । इलाम २ को उपनिर्वाचन हालसम्म २१ हजार ८५४ मतगणना भइसकेको छ । फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिका वडा नम्बर १ को मत गणना भइसकेको हो । एमालेका सुहाङ नेम्वाङले ८ हजार ८९८ मत साथ अग्रस्थानमा रहेका छन् । उनलाई कांग्रेसका डम्बर खड्का ६ हजार २८० मत साथ पछ्याइरहेका छन् ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू ४ हजार ६३४ मतका साथ तेस्रो स्थानमा छन् । रास्वपाका मिलन लिम्बू भने १ हजार ३०५ मत मात्र पाएर चौथो स्थानमा सीमित छन् ।

एमालेले फाकफोकथुममा ४ हजार ४१३ मत ल्याएको थियो भने चुलाचुलीमा ४ हजार ७४ मत ल्याएको थियो । कांग्रेसले फाकफोकथुममा ३ हजार २५८ र चुलाचुलीमा २ हजार ५८६ मत ल्याएको छ ।

माङ्सेबुङ १ मा कांग्रेस र एमालेको धेरै भिन्नता रहेको छैन । यहाँ कांग्रेसले ४३६ र एमालेले ४११ मत ल्याएका छन् । यस्तै थेगिमले दुई पालिकामा ४ हजार २६१ मत पाएका छन् । उनले माङ्सेबुङ १ मा मत बढाएका छन् । उनले ३७२ मत पाएका छन् । यो मत एमाले–कांग्रेसको भन्दा झिनो अन्तर हो ।

रास्वपाले भने माङ्सेबुङ १ मा ३६ मत मात्रै पाएको छ । उसले फाकफोकथुममा ६४५ र चुलाचुलीमा ६२४ मत पाएको थियो ।

सोमबार, १७ बैशाख, २०८१, बिहानको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर