उद्योग वाणिज्य संघले गरायो करदाता शिक्षा

बेलबारी । मोफसलमा करदाता शिक्षा अभाव महसुस भएको भन्दै मोरङको बेलबारी स्थीत करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय बिराटनगर र करदाता सेवा केन्द्र बिराटचोकले दुई दिने करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा बिहिवार र शुक्रवार दुई दिन करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो । “स्वेच्छिक सहभागिता सहितको कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मुल नाराको साथ बिहिवार बेलबारी १ स्थीत उद्योग वाणिज्य संघको कार्यलयमा र शुक्रवार बेलबारी ७ बाहुनी बजार स्थीत एकिकृत हातेमालो समाजको हलमा कार्यक्रम भएको हो ।

वषौँदेखि कर तिरिरहेको भएपनि यसअघि यसरी कर सम्बन्धी शिक्षा नपाएको बेलबारी ७ बाहुनीका व्यवसायी दिपक विश्वकर्माले बताए । ‘दिनभरीको समय लगाएर बिराटचोक कर तिर्न जान बाध्य थियौँ, अब आफै अनलाईनबाट कर तिर्न र विवरण हाल्न सक्ने भयौं,’ बेलबारी ७ का निरज चौधरी बताउँछन् । दुवै दिन पचास पचास जनाको संख्यामा भएको उक्त कार्यक्रम उपलब्धीमुलक बनेको आन्तरिक राजश्व कार्यलय विराटनगरका कर प्रशिक्षक हरिप्रसाद सेढाईले बताए । ‘सधैँ शहर केन्द्रित रहेर कार्यलयले यस प्रकारका कार्यक्रम संचालन गरिरहेता पनी मोफसलमा पहिलो पटक यस प्रकारको कार्यक्रम संचालन गरेको” सेढाई बताए । कर सम्बन्धी अपनाउनुपर्ने सर्तकताका बारेमा कार्यालयले प्रशिक्षण दिएको हो । बिहीबार बेलबारी नगरपालीका उपप्रमुख नितू थापाकोईराद्धारा उद्घाटन गरिएको उक्त कार्यक्रम शुक्रवार समापन भएको हो ।

कार्यक्रममा व्यवसाय दर्ता, स्थायी लेखा नम्बर, युजर नेम र पासवर्डको प्रयोग, आयकर, मु.अ.कर, अन्तशुल्क, करपाटीको ढाँचा, करको दर, मिसम्याच, जरिवाना, राजश्व भौचर दाखीला गर्ने तरिका, प्यान नम्बर स्थगन र पुन दर्ता सम्बन्धी करदाता शिक्षा प्रदान गरिएको बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक)ले बताए ।

शुक्रबार, १४ बैशाख, २०८१, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर