राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगे : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नेताताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन् । महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रूपमा निषेध गर्न खोजिएको उनको गुनासो रहेको छ ।

जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढे पनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा धकेलिएको महसुस भएको उनले बताए ।

रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउँदै गर्दा कम्युनिष्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप समेत लगाए ।

बिहिबार, १३ बैशाख, २०८१, साँझको ०५:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर