इलाम–२ का १९ मतदानस्थल अति संवेदनशील

विराटनगर । इलाम–२ का १९ मतदानस्थल अति संवेदनशील रहेको प्रहरीले जनाएको छ कुल ७९ मतदानस्थलमध्ये ३९ वटा सामान्य रहेको प्रहरीले जनाएको छ ।

बिहीवार पत्रकार सम्मेलन गर्दै प्रहरीले उपचुनावको सुरक्षाका लागि १ हजार ३६३ प्रहरी परिचालन गरीने जनाएको छ । प्रहरीले ३९ मतदानस्थललाई सामान्य, २१ लाई संवेदनशील र १९ वटालाई अतिसंवेदनशीलमा सुचिमा राखेको छ ।

सामान्य मतदानस्थलमा ८ देखि १३ जना, संवेदनशीलमा ९ देखि १४ जना र अतिसंवेदनशीलमा १२ देखि १७ प्रहरी परिचालन गर्न लागिएको प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिए ।

प्रहरीले निर्वाचनविरोधी दल र समूहका गतिविधि, जातीय, धार्मिक र साम्प्रदायिक गतिविधि, बुथ कब्जालगायत सुरक्षा खतरा रहेको जनाएको छ ।

 

बिहिबार, १३ बैशाख, २०८१, दिउँसोको ०४:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर