मोरङको डाँगीहाट यूथ क्लबलाई हराउँदै सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर । मोरङको डाँगीहाट यूथ क्लबलाई हराउँदै सलहेश युवा क्लब सिराहा भोजपुरमा जारी सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

डाँगीहाटलाई शून्यका विरुद्ध ४ गोल गर्दै सिराहा सेमिफाइनल पुगेको हो । हारसँगै डाँगीहाट घर फर्किएको छ ।

सहलेसका लागि खेलको २६ औँ र ७५ औँ मिनेटमा स्टेफन विनोङले गोल गरे ।

यस्तै सप्तरीकै विदेशी खेलाडी फोर्ड फोफोनाले खेलको ५१ औँ मिनेटमा र आदित्य शाक्यले ८६ औँ मिनेटमा गोल गरे ।

बुधवार क्वाटरफाईनलको अन्तिम खेल चर्च ब्वाइज युनाइटेड र आयोजक जिल्ला फुटबल संघ भोजपुरबिच हुनेछ । प्रतियोगिताका विजेता र उपविजेताले उपाधिसहित क्रमशः नगद ५ लाख र ३ लाख पाउने छन् ।

मङ्गलबार, ११ बैशाख, २०८१, साँझको ०७:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर