कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

विराटनगर । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आजनेपाल आउँदै छन् । सरकारले उनको नेपालका अवसरमा आज नेपालभर सार्वजनिक बिदासमेत दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​

खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण भएको जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल कतारका अमिर अल थानीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको छ ।

कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । कतारका अमिर थानी मंगलबार बंगलादेशको ढाका हुँदै दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

कतारी राजा थानी नेतृत्वको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्नेछ । सेनाका बलाधिकृत रथीको संयोजकत्वमा एकीकृत सुरक्षा समिति गठन गरेर सुरक्षा तैनाथीको व्यवस्थापन मिलाइएको छ ।
निजी जहाजमा नेपाल आउन लागेका राजा थानीसँगै ६ जनाभन्दा बढी मन्त्रीहरू पनि सहभागी हुनेछन् ।

कतारी राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने बुधवार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको स्रोतले जानकारी दियो । उनी बुधवारै साँझ स्वदेश फर्कने छन् ।

मङ्गलबार, ११ बैशाख, २०८१, बिहानको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर