काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा वैशाख १६ गते आइतबार पेसी तोकिएको छ ।
सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । उनि बलात्कार अभियोगमा दोषी प्रमाणित भएका थिए ।
काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले पुनरावेदन गरेका थिए ।
काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।
उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनी १२ वर्षभन्दा बढी जेल जानेछन् । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोग मुक्त हुनेछन् ।