लैङ्गिक समानता तथा समावेशीकरण नीति बनाउन जोड

विराटनगर । स्थानीय तहले लैंगीक समानता तथा सामाजिक समावेशीकरण नीति (जेसी पोलेसी) बनाउनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । दलित महिला केन्द्र नेपालले बिहीबार मोरङको सुन्दरहैचना नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

उनीहरुले आउने नीति तथा कार्यक्रममा लैंगीक समानता तथा सामाजिक समावेशीकरण बनाएर अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले आगमी आर्थिक वर्षमा बनाउने नीति लंैगीक समानता र समाजिक समावेशीकरण बनाएर कार्यन्वयन गर्ने बताए । महिला तथा वङ्ञ्चतीकरणमा परेको वर्गको आर्थिक, समाजिक र शैक्षिक विकासको लागि नीति बनाएर अगाडी बढने उपाध्यक्ष अधिकारीले बताए । यसैगरी लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला पोखरेलले सबै तह, क्षेत्र, संरचना र कार्यक्रममा लैंगीक तथा सामाजिक समावेशीकरण नीति सबै स्थानीय तहले बनाएर अगाडी बढनुपर्नेमा जोड दिइन् । यो नीति बनाउँदा स्तरउन्नती पनि बढने भएकाले कार्यन्वयन गरेर अगाडी बढनुपर्ने बताइन् ।

एक दिने तालिममा मोरङका ९ पालिकाका २५ जनाको सहभागि रहेको दलित महिला केन्द्र नेपालकी कार्यक्रम संयोजक निलम ढुंगेलले जानकारी दिइन् । उनका अनुसार लैंगीक समनता तथा सामाजिक समावेशी करण नीति बनाउने तालिम बुधबार सुनसरीमा पनि सम्पन्न भएको छ । शुक्रबार झापामा हुने उनले बताइन् । यो कार्यक्रम मोरङको कानेपोखरी, ग्रामथान, कटहरी, रंगेली, केराबारी, बेलबारी, सुन्दरहरैचा र लेटाङ नगरपालिका गरी ९ वटा स्थानीय तहमा कार्यक्रम रहेको उनले बताइन् ।
उक्त तालिमको सहजिकरण प्रदेश योजना आयोगका पूर्व सदस्य नारायण कोइरालाले गरेका थिए ।

 

बिहिबार, ०६ बैशाख, २०८१, साँझको ०५:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर