विराटनगरमा सभा, सम्मेलन नगर्न प्रशासनकाे अनुराेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय माेरङले विराटनगरमा सभा, सम्मेलन नगर्न अनुराेध गरेकाे छ ।

विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुईसमूहकाे झडप भएपछि प्रशासन कार्यालयले सूचना जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे ।

`जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज मिति २०८१।०१।०६ गते विहान १०:०० बजे देखी अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सवै प्रकारको -याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न/नगराउन हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना जारी गरिएको छ´, सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साहले जारी गरेकाे सूचनामा उल्लेख छ ।

बिहिबार, ०६ बैशाख, २०८१, दिउँसोको ०१:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर