मिल्स गोल्डकप शुक्रबारबाट : उद्घाटनमा एपीएफ र बर्दिवास भिड्ने

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र नगर खेलकुद विकास समिति बर्दिवास महोत्तरीबीच हुने ट्रष्टका अध्यक्ष विष्णुं डंगोलले जानकारी दिए । प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका ८ टिमको सहभागि रहेको उनले बताए । खेल तालिका अनुसार समूह ‘ए’ मा एपीएफ, महोत्तरी, टिडबलूवाइसि विराटनगर, कनकाई स्पोटिङ्ग क्लब सुरुङ्गा झापा रहेको छ । यसैगरी समूह ‘बी’ मा पेमा युवा क्लब विराटनगर, फियर फुटबल क्लब धरान, कोशी प्रदेश प्रहरी कार्यालय रानी र गोलबजार स्पोर्टिङ क्लब सिराह रहेको छ ।

प्रतियोगिताको फाइनल वैशाख १५ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार एक सय र उप विजेताले १ लाख ११ हजार १०० रुपैयाँ पाउने खेल संयोजक मनोज खड्काले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख ६८ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट ७ वटा विधामा पुरस्कार राखेको छ । प्रत्येक खेलको मेन अफ द म्याच हुने खेलाडीले ७ हजार रुपैयाँ पाउछन् ।
“मिल्स एरियाको ऐतिहासिक पहिचान गराआँै । अतित्देखि वर्तमानसम्म फुटबल खेलको गरीमा बढाऔ” भन्ने नारालाइ साथर्क बनाउनँ फुटबल प्रतियोगिता हुन लागेको हो । मिल्स एरियाको फुटबलको गरीमा र इतिहासलाई जर्गेना गर्ने उद्देश्यले २०७२ सालमा मिल्स गोल्डकप फुटबल ट्रष्टको स्थापना भएको हो ।

गत वर्ष झापा दमकको फुटबल एकेडेमी विजेता र गोलबजारको प्रतिभा क्लब उप विजेता भएको थियो ।

बिहिबार, ०६ बैशाख, २०८१, बिहानको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर