अनुगमनमा महानगरको वेवास्ता : मन्टेश्वरीको अनुमति लिएर माथिल्ला कक्षामा भर्ना लिँदै

विराटनगर । विराटनगर महानगरपालिकाको कमजोर अनुगमनको फाइदा उठाउँदै मन्टेश्वरी सञ्चालनको अनुमति लिएका विद्यालयहरुले कक्षा पाँचसम्मका विद्यार्थीलाई भर्ना गर्ने गरेको पाइएको छ ।

विराटनगर महानगरपालिका १५ स्थित द लता बृन्दावन मन्टेश्वरी स्कुलसँग मन्टेश्वरी सञ्चालन गर्ने अनुमति छ । तर उक्त विद्यालयले कक्षा पाँचसम्मका विद्यार्थी भर्ना लिइरहेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै उक्त विद्यालयले विद्यार्थी भर्ना लिएको हो ।

विराटरनगरमा महानगरपालिका १५ स्थित चौधरी टोलमा सञ्चालन गर्ने अनुमति लिएर सो स्कुलले नियमविपरीत विद्यार्थी भर्ना लिएको समाचार हाम्रोमत दैनिकले यसअघि नै प्रकाशन गरेको थियो । महानगरको शिक्षा शाखाले समाचारको गाम्भीर्यतालाई ध्यान नदिएका कारण उसले नयाँ शैक्षिक सत्रमा पनि माथिल्ला कक्षाहरुमा विद्यार्थी भर्ना लिएको हो ।

महानगरको नगर कार्यपालिकाको कार्यालय शैक्षिक प्रशासन महाशाखाबाट शैक्षिक सत्र २०७९ सालदेखि पूर्व प्राथमिक कक्षा (मन्देश्वरी) सञ्चालनको अनुमति प्राप्त गरेको छ । उक्त विद्यालयले अनुमित लिएको ठाउँमा विद्यालय सञ्चालन नगरी अन्यत्रै विद्यालय चलाइरहेको विषयमा पनि महानगरले चासो देखाएको छैन ।

भौतिक संरचना सम्बन्धी मापदण्ड अनुसार पूरा नगरेको विद्यालयले थप कक्षामा भर्ना लिएर पढाउने र परीक्षा भने अरुनै विद्यालयको नामबाट दिने धन्दा चलाइरहेको छ ।

शिक्षा ऐन २०७६ तथा संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०६९ को प्रावधान अनुसार विद्यालय सञ्चालन गर्न नजिकको दुई विद्यालयको स्वीकृत लिर्नु पर्ने र विद्यालयबाट अर्को विद्यालयको दुरी ५०० मिटर हुनु पर्ने प्रावधान पनि उक्त विद्यालयले उल्लंघ गरेको गुनासो आएको छ ।
अनुमति बिना विद्यालय सञ्चालन गरेको भन्दै सरोकारवालाहरुले विराटनगर महानगरपालिकाको वडा नम्बर १५ मा निवेदन दिएको थियो तर त्यसमाथि कुनै कारबाही भएको छैन । वडा कार्यालयले महानगरपालिकाको शैक्षिक महाशाखालाई २०७८ माघ ११ गते नै पत्राचार गरिसकेको जानकारी दिने गरेको छ ।

स्थानीय मोहम्द परवेजले महानगरपालिकाका शिक्षा शाखाका कर्मचारी नै सहयोगमा अवैध विद्यालय सञ्चालन गरेको आरोप लगाए । उनले प्रत्येक वर्ष अविभावकलाई विभिन्न प्रकारका अश्वासन दिएर विद्यार्थी भर्ना गराउने प्रवृति बढ्नुको कारण नै महानगरपालिकाको सहयोग भएको बताए ।

मङ्गलबार, ०४ बैशाख, २०८१, बिहानको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर