कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्याह्नपछि हावाहुरीको सम्भावना रहेको छभने उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

सोमबार, ०३ बैशाख, २०८१, बिहानको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर