सिरुवा पर्व मनाइँदै, कोशीमा सार्वजनिक विदा

विराटनगर । तराइका जिल्लाहरूमा नयाँ वर्षको सुरूवात भएसँगै आइतबार जुरशीतल पर्व तथा सिरूवा पर्व मनाइँदैछ ।

मान्यजनबाट आशीर्वाद थापेर मनाएने यो पर्वमा आफूभन्दा सानालाई तालुमा पानी थपथपाएर आर्शीवाद दिने चलन छ ।

सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य रहेको मानिन्छ । जेष्ठ नागरिकले आफ्ना सन्तानलाई शितल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफता,उन्नति, प्रगति, सुख शान्ति, सम्रिद्धी, सुस्वास्थ्य ,दीघार्युको कामना पाइरहुन् भन्ने जन विश्वास रहेको छ ।

आजका दिन रुखबिरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखबिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ । आजको दिन मिथिलाञ्चलको केही स्थानमा हिलोपानी पनि खेल्ने गर्दछन् । घरघरमा सोइजननको तरकारी, करहीबरी, तरुवा लागत विशेष परिकार बनाएर खाने चलन छ ।

तराईमा बसोबास गर्ने आदिवासी समुदायहरू मुडियारी राजवंशी, थारू, खवास, ताजपुरिया, झाँगड, लगायतले यो पर्व मनाउँछन् । झापा मोरङ र सुनसरीमा यो पर्वको अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

आइतबार, ०२ बैशाख, २०८१, बिहानको ०९:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर