प्रहरीबाट सास्ती खेप्दै भारतीय पर्यटक

विराटरनगर । नेपाल घुम्न आएका भारतीय पर्यटकहरुले नेपाल प्रहरीबाट हैरानी व्यहोर्नु पर्ने घटना नौलो होइन । नेपाली पर्यटन व्यवसायीहरुले सार्वजनिक फोरमहरुबाटै प्रहरीले भारतीय पर्यटकलाई विभिन्न बहानामा दुःख दिने गरेको र त्यसले नेपालप्रति नकारात्म्क धारणा बोकेर उनीहरु फर्किने गरेको गुनासो गर्दै आएका पनि छन् । तर प्रहरीको व्यवहारमा भने परिवर्तन आउन सकेको छैन । प्रहरीको व्यवहारले नेपाली पर्यटन बजारमा असर पुग्न सक्छ भन्ने तर्फ उनीहरुले ध्यान नदिँदा समस्या भइरहेको छ ।

विराटनगरमा भर्खरै त्यस्तै घटना हुन पुगेको छ । भारतको बिहारबाट नेपाल आएर विभिन्न ठाउँको भ्रमण गरी विराटनरमा बास बसेका चार जना पर्यटकहरुले प्रहरीबाट अनावश्यक झमेला झेल्न बाध्य भएका थिए । पूर्वी पहाडी क्षेत्र र धार्मिकस्थल घुमेर विराटनगरमा बास बसेका पर्यटकहरु राति मनोरञ्जन गर्न किङ डान्सबारमा गएका थिए ।

उनीहरु बसेको होटल दिव्यरत्नको छेवैमा रहेको डान्सबारबाट निस्किदै गर्दा प्रहरीले बिनाकारण नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले रातभर हिराशतमा राखेर दिउँसो छोडेको थियो । उनीहरु केही दिन सोही होटलमा बसेर भेडेटार लगायत विभिन्न क्षेत्रमा घुमेर फर्किएका थिए ।

भारत विहार राज्यको सुपोलका चन्दनकुमार सिंह, मनोज चौधरी, राकेशकुमार मिश्रालाई प्रहरी नियन्त्रणमा लिएर भोलिपल्ट छोडेको हो । बिनाकारण पक्राउ परेका उनीहरु बिर्सेर पनि अब नेपाल घुम्न नआउने भन्दै फर्किएका छन् ।

‘बार खुल्ला भएकाले बसेको होटलसँग सोधेरै हामी त्यहाँ गएका थियौं,’ भारतीय पर्यटक चन्दन मिश्रले भने, ‘भित्र केहिबेर बसेर होटल तर्फ जाँदै गरेको बेलामा हामीलाई प्रहरीले बोलाएर नियन्त्रणमा लियो तर के कारणले हामीलाई पक्राउ गरेको हो भन्ने थाहा पाएनौं ।’
रातभरि जिल्ला प्रहरी कार्यालयमा त्यहाँ राखे पनि आफू बसेको होटललेसमेत खोजी नगरेको उनीहरुले दुःखमनाउ गरेका छन् । ‘हाम्रो कुनै गल्ती थिएन, बारमा समय छ भनेपछि मात्र गएका थियौं र त्यहाँबाट फर्किदा प्रहरीले नियन्त्रणमा लिर्यो तर होटलवालाले हाम्रो खोजीसमेत गरेन ।’
सोही समूहका राकेश मिश्रले भने, ‘ हामीलाई नियन्त्रणमा लिएपछि फोन पनि गर्न दिइएन, कुनै गलत काम गरेको भए कानुनअनुसार कारवाही गर्नु पथ्र्यो तर केही नगरी छोडियो, यस्तो व्यवहारले नेपाल घुम्न भारतीयहरु आउँछन् भन्ने हामीलाई विश्वास भएन ।’

प्रहरीले चार भारतीयसँगै बारमा रहेका १३ जनालाई नियन्त्रणमा लिएको थियो । त्यहाा कुनै झगडा वा अन्य गैरकानुनी व्यवहार भएको थिएन । विराटनगरमा पछिल्लो समय मध्यरातिसम्म होटल व्यवसाय सञ्चालन दिने गरी अध्ययन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिका आदि सरोकारवालाहरु रातिको समयपनि होटल व्यवसाय सुचारु राख्र्न सकारात्मक रहेको बेला पछिल्लो घटना भएको हो ।
किङ्ग डान्सर बारका सञ्चालक किरण श्रेष्ठले गलत जानकारी पाएर प्रहरी बार बाहिर गइसकेका ग्राहकलाई बोलाएर नियन्त्रणमा लिएको बताए । कसैले झगडा भएको भन्दै प्रहरीलाई फोन गरेको रहेछ सञ्चालक श्रेष्ठले भने –‘प्रहरी आउँदा अवस्था समान्य छ, केहि भएको छैन, विलिङ्ग गरेर बन्द गर्ने बताइरहेका बेला सबैलाई नियन्त्रणमा लिइयो । उनले ११ बजेसम्मको समयसिमा तोकिएकोमा त्यतिबेलै प्रहरीले काम गर्ने स्टाफसहित पाहुनालाई पक्राउ गर्नु राम्रो नभएको बताए ।

भारतीय पर्यटकमाथि प्रहरी प्रशासनबाट हुने व्यवहारकै कारण यस क्षेत्रमा घुम्न आउने भारतीयहरुको संख्यामा कमिआइरको उनले बताए । यसले पर्यटन व्यवसायमै असर पुग्ने भन्दै प्रहरीले व्यवहार सुधार्न जरुरी भएको बताए ।

सीमा क्षेत्रवाट नेपाल प्रवेश गर्नेबितिकै ट्रार्फिक प्रहरीदेखि चेकजाँचका नाममा गौंडा गौंडामा भारतीय पर्यटकहरुले हैरानी खेप्नु पर्ने गुनासो उनीहरुले गर्दै आएका छन् । आफुखुसी विभिन्न बहाना बनाएर मानसिक दुःख दिने, रकम असुल्ने आदि व्यवहार हुने गरेको उनीहरुको गुनासो छ ।
उता भारतीय पर्यटकलाई नेपालको विभिन्न प्रर्यटक क्षेत्र घुम्न पूर्वका विभिन्न पर्यटन व्यवसायीहरु भारतमा गएर नै कार्यक्रम गर्दै प्रवद्र्धन गर्ने गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पर्यटन समितिका संयोजक भवेश श्रेष्ठले पर्यटकलाई दुःख दिने कार्यले नेपालप्रतिको गलत सन्देश जाने बताए । शान्तिसुरक्षामा खलल पु¥याउने काम त पक्कै गरेका थिएन् होला उनले भने –‘यसले गलत सन्देश जान्छ ।’
घुम्न आउने प्रर्यटकलाई सबै जानकारी दिने कर्तव्य होटल व्यवसायीको पनि हुने भन्दै व्यवसायीले पनि आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु पर्ने उनले बताए ।

यसैबिच जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नवराज कार्कीले घटनाका सम्बन्धमा आफूलाई जानकारी नभएको बताए । उनले घटनाका बारेमा जानकारी लिने प्रतिक्रिया दिए ।

शुक्रबार, ३० चैत, २०८०, बिहानको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर