विराटनगर । कोशी प्रदेश सरकारले विश्वासको मत नलिने भएको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले आफ्नै निवासमा बुधवार साँझ पत्रकार सम्मेलन गर्दै विश्वासको मत नलिने बताएका छन् ।
संविधानको अन्तिम विकल्पको धारा प्रयोग बनेर बनेको यो सरकारले विश्वासको मत लिइरहनु नपर्ने जिकिर उनले गरेका छन् । कोशी प्रदेशका प्रदेश प्रमुखले अधिवेशनको आह्वान गरेपछि सरकारले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले बुधवार नै वैशाख ६ गतेका लागि अधिवेशनको आव्हान गरेका छन् । यसले गर्दा प्रदेश प्रमुखप्रति पनि जवाफदेहिताको प्रश्न उठेको सरकारका प्रवक्ता राईले बताए ।
‘एकैदिन अधिवेशनको आह्वानसम्बन्धी दुईवटा पत्र दर्ता भएका छन्,’ उनले भने ‘जन्म दर्ताजस्तो गरेर पहिला दर्ता र दोस्रो दर्ता भनिएको छ । प्रदेश प्रमुखप्रति पनि भोलि जवाफदेहिता होला ’, उनले भने ।
मंगलवारमात्रै नेकपा (एमाले) र नेकपा )माओवादी केन्द्र)ले पत्रकार सम्मेलन गरेर प्रदेश सभामा संकल्प प्रस्ताव ल्याउने बताएका थिए । तर मन्त्री राईले भने एमाले माओवादीले ल्याउने भनेको संकल्प प्रस्तावलाई बिहे नभएका बाबु–आमाबाट जन्मिएका छोराको पास्नी गरेजस्तो भन्दै व्यंग्य गरेकाछन्
संवैधानिक हिसाबले सरकार परिवर्तन हुने कुनै आधार नभएको प्रवक्त राईको जिकिर छ । अस्थिरता निम्त्याउनका लागि केही राजिनितिक दलहरू पटक–पटक लागेको उनले आरोप लगाएका छन् ।