काठमाडौं । संखुवासभामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
संखुवासभाको पाँचखपन नगरपालिका –२ गैरीगाउँ बस्ने २८ वर्षीय सुमन राईलाई प्रहरीले पक्राउ गरेको हो । बुवाको हत्या आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
५० वर्षीय बुवा युवराजसँग घरायसी विषयमा वादविवाद हुँदा सुमनले कुटपिट गरेका थिए।
कुटपिटपछि गम्भीर घाइते भएका युवराजको संखुवासभाको स्याबुन स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा लगिएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको संखुवासभा प्रहरीले जनाएको छ ।