लोड हुँदैछ...

मेनु

दाइजो प्रथाविरुद्ध अभियान चलाउन तेली समाजको सुझाव

दाइजो प्रथाविरुद्ध अभियान चलाउन तेली समाजको सुझाव

विराटनगर । तेली कल्याण समाज नेपालका अगुवाहरुले घरेलु हिंसाको कारकको रुपमा रहेको दाइजो प्रथाविरुद्ध सामाजिक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । समाजको विराटनगर १२ वडा कार्यसमितिले नयाँ वर्ष २०८१ को सन्दर्भमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा समाजमा रहेको कुरीतिहरुका विरुद्ध पनि समाजले अभियान बनाउनु पर्ने सुझाव दिएका हुन् ।

दाइजो प्रथाले महिलामाथि विभेद र हिंसा हुने आधार तयार पार्ने भएकोले मानवीय चेतना विकास गर्ने तर्फ समाजले नेतृत्व गर्नुपर्ने धारण त्यस क्रममा व्यक्त भएका थिए । विकासलाई मानिसले भौतिक पूर्वाधारसँग मात्र जोड्ने र त्यसरी मात्रै बुझ्ने गरेको भन्दै समाजले मासिनले नैतिक शिक्षा, मानवीय मूल्य मान्यता र संस्कार सिकाउन जरुरी रहेको अगुवाहरुको धारणा थियो ।

नयाँ वर्ष २०८१ को पूर्व सन्ध्यामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम विराटनगर १२ मा रहेको लेखनाथ वाचानालयमा सम्पन्न भएको थियो ।
कार्यक्रममा आर्थिक वा अन्य कुनै कारणले कसैले पनि एसइई पछिको अध्ययन गर्नबाट बञ्चित हुन नपरोस् भन्ने तर्फ समाजले विशेष ध्यान दिनु पर्नेमा जोड दिइएको थियो ।

समाजका वडा १२ का अध्यक्ष सत्य नारायण साहको अध्यक्षमा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य नरेन्द्र साह, जिल्ला अध्यक्ष डा.बालकृष्ण साह लगायत जिल्ला सहसचिव सन्तोष साह, सदस्यहरु गणेश साह, ऋषिराज शेठ, सल्लाहकारहरु सञ्जु साह, महेशप्रसाद साह, जिल्ला महिला समिति संयोजक अम्बिका साह, शिक्षा समिति सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा वक्ताहरुले नयाँ वर्षको शुभकामना दिदै जातीय एकता, पहिचान कायम गर्दै शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । अधिवक्ता सञ्जु साहले अहिले पनि दाइजोका कारण चेलीहरु पिडित रहेको, घरेलु शिकार भईरहेकाले यसतर्फ सबै सजग, सतर्क रहन र नैतिक शिक्षालाई अगाडि बढाउन समेत आग्रह गरेका थिए ।

वडाअध्यक्ष हिरालाल कामतले दाइजो प्रथा मधेसमा समस्याका रुपमा रहेको र यसको विरुद्धमा पहल गर्न वडाकार्यालयले नगरलाई विशेष कार्यक्रम तर्जुमा गर्न आग्रह गर्ने बताए ।

आफ्ना सम्बोधनमा समाजका जिल्ला अध्यक्ष डा. बालकृष्ण साहले भर्खरै एसइई दिएका कुनै पनि विद्यार्थीको अधययन रोकिन नदिन समाजका हरेक पदाधिकारी सक्रिय हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।