तनाब बढेपछि सुनसरीको दुई पालिकामा निषेधाज्ञा

विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बरवडा लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, ¥याली, भेलाजम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न र नगराउन उल्लेख छ ।

सो क्षेत्रमा बिहीबार एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबीच बढेको विवादले उग्र रुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आज मध्यान्न १२ बजेबाट अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञ जारी भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । एसइइ परिक्षाको क्रममा हरिनगर गाँउपालिका १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच तनाब भएको स्थानीयले बताएका छन् ।

दुवै समुहका स्थानीयहरु झडपमा उत्रिएपछि हरिनगर गाँउपालिकामा बिहानैबाट तनाव सृजना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । स्थानीय जीवन मेहतामाथि कुटपिट भएपछि दुई समुहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले अहिले सो क्षेत्रको स्थिति नियन्त्रणमा आएको बताएका छन् ।

शुक्रबार, २३ चैत, २०८०, दिउँसोको ०२:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर