विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाले गाली बेइज्जती गर्ने नौं जनाविरुद्ध मुद्धा दर्ता गर्ने निर्णय गरेको छ । मन्दिर पुर्ननिर्माणको विनियोजन भएको बजेत कार्यान्वयन गर्न दबाब दिन गएको टोलीले अमर्यादित ढंगले सार्वजनिक गाली बेइज्जती गरेको भन्दै गाउँपालिकाको बैठकले उनीहरुविरुद्ध मुद्धा चलाउने निर्णय गरेको हो ।
गाउँपालिकाले ग्रामथान १ स्थित राम जानकी मन्दिरका अध्यक्ष नमोनारायण माझी सहित नौं जनाविरुद्ध गाली बेइज्जतीको मुद्धा दर्ता गर्ने तयारी गरेको हो । अध्यक्ष माझीले विराटनगरमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुणावती माझीसँग समय लिएर मन्दिर समितिसहित समाजका अगुवाहरुले विनयोजित योजना कार्यावन्यन गर्न गाउँपालिकामा जाँदा मुद्दा हाल्न खोजेको भन्दै आपत्ती जनाए । उनले भने ‘प्रश्न गरेकै भरमा मुद्दा चलाउने निर्णय गर्न पाइन्छ ? यसप्रति हाम्रो असहमति र आपत्ति छ ।’
ऐतिहासिक राम जानकी मन्दिरको पुनःनिर्माणका लागि गाउँपालिकामा डेलिगेसन गर्न जाँदा गाउँपालिका नेतृत्वले वेवास्ता गरेका कारण ढोका ढेलेर कार्यवाहक अध्यक्षको कार्यकक्षमा प्रवेश गरेकै आधारमा मुद्दा चलाउने तयारी गर्नु लोकतन्त्र विरोधी कार्य भएको उनको भनाइ थियो ।
अध्यक्ष माझीले सामान्य धक्काधक्की भएको विषयमा प्रहरी चौकी हरैचाकी इन्चार्ज मुना डाँगीको रोहवरमा समाधान भइसकेको विषयलाई उछालिएको उनले बताए । ‘योजना कार्यावन्यन नगरेर फिर्ता पठाउने नियतले काम अघि नबढाएको थाहा पाए पछि समय लिएर भेट्न गएको तर तनि घण्टा कुराएर भेट नदिएपछि सामान्य आक्रोश व्यक्त भए पनि त्यही बहानामा मुद्दा दर्ता गर्न खोज्नु अलोकतान्त्रिक व्यवहार हो ।’
ग्रामथानका पूर्व वडाध्यक्ष समेत रहनु भएका माझीले गैरजिम्मेवार कार्य नगर्न सचेत गराउदै उनले विकासको काममा बाधा पु¥याउने काम कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।