राष्ट्रिय कवड्डी प्रतियोगिताका खेलाडीलाई विदाइ

विराटनगर । लुम्बिनीको नवालपरासीमा चैत्र २० गतेबाट सुरू हुने राष्ट्रिय कवड्डी प्रतियोगिता खेल्न जाने कोशी प्रदेशका खेलाडीहरुलाई विदाइ गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका आइतबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय कवड्डी प्रतियोगितामा भाग लिन जाने १२ जना खेलाडीहरुलाई विदाइ गरिएको हो ।

कोशी प्रदेशबाट मोहमद शहमद, अनिस यादव, किरण राजवंशी, उत्सव केसी, खगेन्द्र गुप्ता, रोहित यादव, अशिम काजी, शैलेस राय, सुदिप मगर, पूजन चौधरी, देव प्रधान, अनुप दर्जीसहित टिमको मेनेजर उपेन्द्र यादव र प्रशिक्षक प्रलाद गुरुङ पनि गएका छन् ।

कवड्डी संघ कोशी प्रदेशको आयोजनामा उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विदाइ गरे । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व केन्द्रीय सदस्य किरण गिरी, कवड्डी संघ कोशी प्रदेशका अध्यक्ष भुवनेश्वर मण्डल, केन्द्रीय सदस्य उमालाल यादव, खेलकुदका रीता न्यौपाने र राधा आचार्यले फूलको माला र अविर लगाएर खेलाडीहरुलाई विदाइ गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य किरण गिरीले खेलाडीहरुलाई पदक जितेर ल्याउन शुभकामना दिए । उनले पदक जित्दै राष्ट्रिय खेलाडी बन्ने गरी उत्कृष्ट प्रर्दशनी गर्न खेलाडीहरुलाई सफलताको शुभकामना दिए ।

राष्ट्रिय प्रतियोगिता खेल्न कवड्डीका खेलाडीहरु आइतबार नै लुम्बिनीतर्फ प्रस्थान गरेका छन् ।

सोमबार, १९ चैत, २०८०, बिहानको ०७:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर