आठौं विराट गोल्डकप : थिम्पुलाई पराजित गर्दै घरेलु टिम सांग्रीला सेमिफाइनलमा

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउतले लगानी गरेको घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई ३–२ गोलले हराउँदै सांग्रीला अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

जितसँगै सांग्रीलाले सोमबार हुने विभागीय टिम सशस्त्र प्रहरी बल र चर्च ब्वाइज युनाईटेडबीच हुने बिजेता टिमसँग खेल्नेछ ।

जितको लागि सांग्रीलाको तर्फबाट आशीष चापागाई, सुशिल राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटिएफसीको तर्फबाट सोरब दोर्जे दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन ।

खेल सुरु भएको २६ औं मिनेटमा बिवेक पौडेलले प्रहार गरेको कर्नर बललाई आशिष चापागाइले हेडमार्फत आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । सांग्रीलाले अग्रता लिएको सात मिनेट बित्न नपाउँदै ३३ औं मिनेटमा सुशिल राईले हेडमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । मौसम लिम्बुले मध्यभागबाट निकालिदिएको पास सुशिलले सदुपयोग गर्दै गोल गरे । घरेलु दर्शकको साथ पाएको सांग्रीलाले दोस्रो हाफको ५० औं मिनेटमा विदेशी खेलाडी स्याङले विजय गोल गरे । आरटिएफसीका गोल किपर डेन्डुप अगाडी बढेपछि विदेशी खेलाडी स्याङले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।
आरटिएफसीको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । लगातार पाएको सुन्दर अवसर आरटिएफसीका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा क्वाटरफाइनलबाट घर फर्किन बाध्य भयो । हारपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले पाएको अवसर चुकाउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए ।

६५ औं र ७४ औ मिनेटमा आरटिएसफीका सोरब दोर्जेले दुई गोल फर्काए । केल्जाङ जिग्मेंले प्रहार सांग्रीलाको गोलकिपर विशाल सुनारले पन्च गरेको बल रिबाउन्ड भएर फर्किएपछि सोरब दोर्जेले गोल गरेका थिए । ७४ औं मिनेटमा आरटिएसफीका जिङग्माले निकालिएको पास सदुपयोग गर्दै सोरबले गोल गरी ३–२ गोलको स्थीतिमा ल्याएर टिमको हौसला बढाए ।

१३ औं मिनेटमा आरटिएफसीका जिङग्माले निकालिएको क्रस पासलाई केन्जुङको कडा प्रहार बाहिरियो । त्यसलगतै केल्जाङ जिग्मेंले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रीलाको गोलकिपर विसाल सुनारले उत्कृष्ट बचाए । २४ औं मिनेटमा डिबक्स नजिकबाट किन्ले गेतसनको कडा प्रहरा बाहिरियो ।
सांग्रीलाका गोलकिपर बिसाल सुनारले प्रभावकारी भूमिका निभाए । उनले आधा दर्जन बढी आरटिएफीको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई अन्तिम चारको यात्रा गराए । जितपछि प्रतिक्रिया दिदै सांग्रीला फुटबल क्बलका प्रशिक्षक रानु राना मगरले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको कारणले सेमिफाइनमा पुगेको बताए । ‘सेमिफाइनलमा अहिलेको सेटमा केही खेलाडी थप हुनेछ,’ उनले भने ।

सांग्रीलाको सुनिल खड्काले ६० औं मिनेटमा वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार डेन्डुपले बिफल पारिदिए । सुमन लिम्बुले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी स्याङले गोल गर्नबाट चुके । ७८ औं मिनेटमा केन्जुङको डिबक्स भित्रबाट गरेको कडा प्रहार गोल गर्न चुक्दा बराबारीमा ल्याउन सकेनन ।

खेलको प्लेयर अफ द म्याच सांग्रीलाको महेन्द्र कार्की घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । आइतबारको खेल एनआरटी फुटबल क्बल काठमाण्डौ र सिकिम डे«गान भारतबीच हुनेछ ।

 

शनिबार, १७ चैत, २०८०, रातीको १०:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर