राष्ट्रिय सभाले आज नयाँ अध्यक्ष पाउने

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि आज मतदान हुँदैछ। राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार छन्।

राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन्। एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन्।

एकीकृत समाजवादीका आठ र जसपाका तीन सांसद छन्। यसरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन्। बिहान ११ बजेर ९ मिनेटमा बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ।

यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन्। लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन्। वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन्।
२०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो।

मङ्गलबार, २९ फागुन, २०८०, बिहानको ०८:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर