उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगद्वारा आह्वान

काठमाडौं । रिक्त रहेका २३ पदको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगले आह्वान गरेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार

उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्नेगरी आन्तरिक तयारी गरिरहेको आयोगका सप्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आवहान गरेको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले मिति घोषणा पूर्व नै मतदाता नामावली दर्ता गर्न आयोगले आग्रह गरेको हो।

२०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका देहाय बमोजिमका २३ पदहरू रिक्त रहेक आयोगले जनाएको छ ।

सोमबार, २२ माघ, २०८०, साँझको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर