लोड हुँदैछ...

मेनु

भेटेरिनरी अस्पताल सप्तरीका प्रमुखसहित दुई जना पक्राउ

भेटेरिनरी अस्पताल सप्तरीका प्रमुखसहित दुई जना पक्राउ

विराटनगर । सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। भ्याक्सिनेटरहरूले सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम भुक्तानी गर्दा २० प्रतिशत कमिसन मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख डा. दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो। आयोगका अनुसार चालक यादवको साथबाट घुसबापतको ३३ हजार ३५० रुपैयाँ र स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँ गरी जम्मा ८१ हजार ४२० रुपैयाँ नगद बरामद भएको छ।

खानतलासीका क्रममा यादवको साथबाट १ लाख २९ हजार रुपैयाँ बराबरका चार थान चेक र डा. दासको साथबाट १ लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेक समेत बरामद भएको अख्तियारले जनाएको छ। दुवैको साथबाट एक–एक थान मोबाइल पनि बरामद गरिएको छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।