लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कोशी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा अवस्थित छ।

हाल कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा पनि आंशिक बदलीको अवस्था छ। आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान र तराईका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, आज राति कोशी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति कोशी प्रदेशको पहाडी र तराई दुवै भूभागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

कोशी प्रदेशसँगै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि आज वर्षा र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।