लोड हुँदैछ...

मेनु

सम्पत्ति शुद्धीकरण विभागद्वारा जयवीर देउवालाई सात दिने पुर्जी जारी, बुढानीलकण्ठस्थित घरमा टाँसियो सूचना

सम्पत्ति शुद्धीकरण विभागद्वारा जयवीर देउवालाई सात दिने पुर्जी जारी, बुढानीलकण्ठस्थित घरमा टाँसियो सूचना

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन पुर्जी जारी गरेको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी जाँचबुझका क्रममा केही विषयहरू बुझ्नुपर्ने देखिएको भन्दै विभागले उनलाई सात दिने पुर्जी काटेको हो। विभागको टोलीले उक्त पुर्जी बूढानीलकण्ठस्थित देउवाको निवासमा समेत टाँस गरेको छ।

यसअघि विभागले जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई पनि सोधपुछका लागि बोलाइसकेको छ। विभागको पत्रपश्चात् देउवा दम्पतीले आफूहरू साउन मसान्तसम्ममा उपस्थित हुने जानकारी गराइसकेका छन्।

आमाबाबुलाई बोलाइएको केही समयपछि विभागले छोरा जयवीरलाई पनि अनुसन्धानको दायरामा ल्याउँदै सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।