इटहरी । श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुनसरीमा श्रमजीवी पत्रकार सङ्घ नेपालको तदर्थ समिति गठन गरिएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको उपस्थितिमा आइतबार ९ सदस्यीय समिति गठन भएको हो ।
विगत एक दशकदेखि सुनसरीलाई कर्मथलो बनाउँदै क्रियाशिल पत्रकारिता गर्दै आएका सञ्चारकर्मी तेज वनको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । वन पूर्वेली न्युजमा आबद्ध छन् ।
समितिको सदस्यहरूमा सुनसरीलाई कर्मथलो बनाउँदै आएका श्रमजीवी पत्रकारहरू आबद्ध छन् । समितिको अन्य सदस्यहरूमा कोचिला दैनिकमा आबद्ध अकबर अलि, धरान हर्ट एफएममा आबद्ध सुमित थापा, वराहक्षेत्रका हिमाल राई, इनरुवाका सरोज बराल, रामधुनीकी रूमा रिजाल, पूर्वी हटलाइनका जनक पाण्डे रहेका छन् ।
समितिले सुनसरीका अग्रज सुविद गुरागाईँ र बाबुराम खड्कालाई सल्लाहकारमा चयन गरेको छ । देशभर ३५ जिल्लामा शाखा स्थापना गरिसकेको श्रमजीवी पत्रकार सङ्घ नेपालले कोशो प्रदेशको पहिलो शाखा सुनसरीमा गठन गरेको अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।

