विराटनगर । नेपाल तेक्वान्दो संघ विराटनगर महानगर तेक्वान्दो विकास समितिकाे अध्यक्ष अर्जुन श्रेष्ठ चयन भएका छन् । विराटनगरमा शनिबार भएको भेलाले श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा पराग ढुंगाना, सचिवमा असोक लामा र कोषाध्यक्षमा हेना ठाकुर चयन भएका छन् । त्यस्तैगरी सदस्यहरूमा रोशन ठाकुर, दीपक कटुवाल, नेहाल विक्रस शाह, निश्चल श्रेष्ठ र पविता शर्मा चयन भएका छन्।
समितिको सल्लाहकारहरूमा सावित्री पराजुली, राजेश कार्की, प्रेमलाल सिंह सुवाल, विष्णु डंगोल र त्रिलोचन गौतम चयन भएका छन् । कार्यक्रम संघका मोरङ जिल्ला अध्यक्ष दिवस नेपालको अध्यक्षता र कोशी प्रदेश सभासद अमृत अर्यालको प्रमुख आतिथ्यमा भएको थियोे । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङ अध्यक्ष अमित ढकाल, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक नारायण बुढाथोकी, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष विनायक पन्त, नेपाली कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेकपा एमाले विराटनगरका अध्यक्ष सागर थापा, उसुका मोरङ जिल्ला सचिव विनोद मरिक साथै तेक्वान्दो संघ मोरङका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।