काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समिति बनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा समिति बनाइएको हो ।

आज बसेको समन्वय समितिको पहिलो बैठकले लेखकलाई संयोजक तोकेको हो । समितिमा लेखकसँगै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे,जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमन रहेका छन् । राष्ट्रियशभाको चुनाव माघ ११ गते हुँदै छ ।

समितिले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उमेदवारलाई जिताउन सात वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति र ७७ वटै जिल्लामा राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति गठन गर्ने भएको छ ।