विराटनगर । विराटनगर महानगरपालिका–४ मा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सुरू भएको छ । सो महायज्ञको पूर्वसंन्धामा कलश यात्रा गरिएको थियो ।
श्री विन्ध्यावासिनी दुर्गा पञ्चायन मन्दिरबाट सुरु भएको कलशयात्रा विराटनगरको विभिन्न भागको परिक्रमा गरेको थियो । श्री विन्ध्यावासिनी दुर्गा पञ्चायन मन्दिर विराटनगरबाट सुरु भएको यात्रा खार्जी कोहवरा चोक, पुष्पलाल चोक, तिनपैनी, ट्राफिक चोक हुँदै फर्किएको थियो । कलश यात्रामा पञ्चेबाजाका साथ विभिन्न झाँकी सहभागी थियो ।
श्री विन्ध्यावासिनी दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समिति समिति खार्जी विराटनगरको आयोजनामा बुधवारदेखि पुस ५ गते बिहीवारसम्म श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना गरिएको छ ।
विराटनगर–४ खार्जी कोहवराबाट ५०० मिटर पश्चिममा आयोजित महायज्ञमा भागवत मञ्जरी राधिका दासीले कथा वाचन गर्ने आयोजकले जानकारी दिएको छ ।
नवाह ज्ञान महायज्ञबाट प्राप्त सहयोगबाट निर्माणधीन विन्ध्यावासिनी दुर्गा पाञ्चायन मन्दिरको भवनलाई पूर्णता दिने मूल आयोजक समितिका संयोजक नवराज नेपालले जानकारी दिए ।
राधिका दासीले विराटनगरमा पहिलो पटक कथा वाचन गर्ने भएकाले नवाह ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनहरुलाई उपस्थितीका लागि आयोजकले आग्रह गरेको छ

