जाजरकोट भूकम्पमा मृत्यु भएका परिवारलाई तत्काल २ लाख दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने पनि निर्णय गरेको छ । भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय गरेको छ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ।

आइतबार, १९ कार्तिक, २०८०, बिहानको १०:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर