लोड हुँदैछ...

मेनु

शेयर बजार परिसूचक नेप्से बुधबार पनि ओरालो

शेयर बजार परिसूचक नेप्से बुधबार पनि ओरालो

काठमाडौं । मंगलबार दोहोरो अंकले घटेका नेप्से बुधबार पाँच दशमलव ८३ अंकले घटेर एक हजार आठ सय ५८ दशमलव ५६ विन्दुमा झरेर बन्द भएको छ ।

सेयर बजारको ओरालो यात्रा बुधबार पनि जारी रह्यो ।

कारोबारको यसदिन सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर आठ प्रतिशतले घटेको छ।

समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ।

आज ३३ लाख ६४ हजार कित्ता शेयर ८१ करोड २० लाख रूपैयाँमा खरिद बिक्री भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।