काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
डिजेल र मट्टीतेलको मूल्यमा लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । बुधबार बिहान १ बजेदेखि लागु हुने गरी मूल्य घटाइएको छ ।
निगम व्यवस्थापन समितिको निर्णय अनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको ठाकुरले बताए ।